पोखरा, ११ वैशाख। चीनको ‘अटो सांघाई २०२५’ कार्यक्रममा लिपमोटरले आफ्नो नयाँ विद्युतीय सवारी सार्वजनिक गरेको छ। बी०१ सिरिजको सेडानमा १७७ एचपी र २१५ एचपी मोडेल बुधबार सार्वजनिक भएका हुन्। यी गाडीहरू नेपालमा सांग्रिला मोटर्समार्फत बी१० मोडेलको रूपमा उपलब्ध गराउने तयारी भइरहेको छ।
यो विद्युतीय सवारीले एकपटक चार्ज गर्दा ५१० किलोमिटरको रेंज दिन्छ। यसमा ५६.२ किलोवाट आवर लिथियम आइरन ब्याट्री जडित छ। चीनमा यी गाडीहरूको मूल्य मलेसियन रिगेट (आरएम) ६० हजार र ९० हजार रहेको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1

































