पोखरा, १३ वैशाख। ट्रम्प प्रशासनले शैक्षिक भिसा रद्द गर्ने र प्यालेस्टिनी समर्थक गतिविधिमा संलग्न विदेशी विद्यार्थीलाई देश निकाला गर्ने अभियान चलाएको छ। यस अभियानले अमेरिकी विश्वविद्यालय क्याम्पसहरूमा डरको वातावरण सृजना गरेको छ। अहिले सम्म हजारभन्दा बढी विद्यार्थी पक्राउ परेका छन् वा उनीहरूको भिसा रद्द गरिएको छ। अमेरिकी विश्वविद्यालय क्याम्पसमा अशान्ति सिर्जना नगर्न भन्दै ट्रम्प प्रशासनले यी विद्यार्थीलाई लक्षित गरेको हो। विदेशमन्त्री मार्को रुबियोका अनुसार, “भिसा अमेरिका आउन र पढ्नको लागि दिइन्छ, क्याम्पसहरूमा अशान्ति सिर्जना गर्न होइन।”
ट्रम्पको मुख्य उद्देश्य शिक्षक, विद्यार्थी र क्याम्पसहरूमा यहूदी विरोधी भावना उन्मूलन गर्नु रहेको छ। उनले आफ्नो चुनावी अभियानमा इजरायली दृष्टिकोणको पक्षपाती हुने विश्वविद्यालयहरूको आलोचना गरेका थिए। यसकै आधारमा उनले विश्वविद्यालयहरूलाई सुधारका लागि दबाब दिएको छ। यद्यपि, हार्वर्ड र कोलम्बिया जस्ता प्रमुख विश्वविद्यालयहरूले ट्रम्प प्रशासनको दबाबलाई अस्वीकार गर्दै आफ्नो स्वायत्तता बचाइ राखेका छन्।
ट्रम्पको यो अभियानले विश्वविद्यालयहरूको शैक्षिक स्वायत्तता र आन्तरिक निर्णय प्रक्रियामा हस्तक्षेप गरिरहेको आरोप लगाइएको छ। यस अभियानले अमेरिकी क्याम्पसमा असहज स्थिति सिर्जना गरेको छ।




























