पोखरा, १३ वैशाख। गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सुरेन्द्रबाबु तिवारीलाई गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ। तिवारीलाई आगामी ५ वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरिएको हो।

प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा गठित समितिले तिवारीसहित भानुभक्त पराजुली र श्रीकृष्ण पौडेलको नाम सिफारिस गरेको थियो। समितिको सिफारिसका आधारमा तिवारीलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो।

यसअघि, ऋषिराम पाण्डे कार्यकारी निर्देशक थिए र उनको कार्यकाल सकिनुअगावै २१ फागुनमा १५ दिनको म्याद राखेर सूचना जारी गरिएको थियो। १४ जनाले आवेदन दिएका थिए, र अन्तिम सूचीमा रहेका ६ जनाले व्यावसायिक कार्ययोजना प्रस्तुत गरेका थिए।

पोखरा ३१, वेगनासताल निवासी तिवारीले अंग्रेजी साहित्यमा एमए र द्वन्द्व, शान्ति र विकास अध्ययनमा स्नातकोत्तर गरेका छन्। उनी विकास अध्ययनमा पिएचडी शोधार्थीसमेत हुन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0