पोखरा, १५ वैशाख। पोखराको बिरौटास्थित गण्डकी कोटिहोममा जारी विराट ज्ञान महायज्ञमा भक्तजनहरूको उल्लेखनीय उत्साह देखिएको छ। धार्मिक वातावरणले भरिएको कोटिहोम परिसरमा भजन, सत्सङ्ग, कथा प्रवचन र पूजापाठका कार्यक्रमहरू निरन्तर सञ्चालन भइरहेका छन्। महायज्ञको प्रचारप्रसारका लागि आयोजित रात्रीकालीन पैदल यात्रा, साइकल र्‍याली, ट्याक्सी र मोटरसाइकल र्‍यालीले पोखरामा धार्मिक जागरण ल्याएको छ। आयोजक मानवसेवा फाउण्डेशनले महायज्ञलाई ऐतिहासिक बनाउन देशविदेशका श्रद्धालुहरूलाई सहभागी हुन आह्वान गरेको छ।

 

 

 

 

 

 

 

 

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0