पोखरा, २० वैशाख। नेकपा (एमाले) संसदीय दलको बैठक शनिबार दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। बैठकमा हालै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे समीक्षा र छलफल गरिनेछ।
साथै समसामयिक राजनीतिक परिस्थितिबारे विचार–विमर्श हुनेछ भने संसदमा एमालेको भूमिका र रणनीतिका विषयमा समेत स्पष्ट निर्देशना दिने उद्देश्य बैठकको रहेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो। नयाँ नीति तथा कार्यक्रमको सन्दर्भमा पार्टीको धारणा तय गर्दै संसद्भित्र दलको सक्रिय भूमिका सुनिश्चित गर्ने तयारी एमालेले गरिरहेको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























