पोखरा, २३ वैशाख। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सरकारको गैरजिम्मेवारीप्रति कडा आलोचना गरेका छन्। मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई गम्भीर बन्नुपर्ने बताएका छन्।

उनले सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत निर्देशन दिनुपर्ने माग गरे। शर्माले नागरिकका प्रश्नमा सरकारको ध्यान नगएको र समाधानतिर नगएको आरोप पनि लगाए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0