पोखरा, २८ वैशाख। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष वार्ता सुरु गर्न आह्वान गरेका छन्। शनिबार साँझ क्रेमलिनबाट प्रसारित दुर्लभ टेलिभिजन सम्बोधनमा पुटिनले शान्तिको लागि गम्भीर वार्ता आवश्यक भएको बताएका छन्। उनले द्वन्द्वको मूल कारण हटाएर दिगो शान्तिको दिशामा अघि बढ्नुपर्ने बताए।

पुटिनले वार्ता १५ मेदेखि सुरु गर्न प्रस्ताव गरेका छन् र ढिलाइ नगरी तुरुन्तै प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। यो प्रस्ताव युरोपेली नेताहरू बेलायतका प्रधानमन्त्री सर कीर स्टार्मर र फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोंद्वारा युक्रेन भ्रमण गरी रुसी पक्षलाई ३० दिनको निःशर्त युद्धविराम स्वीकार गर्न सुझाव दिएपछि आएको हो।

यस सम्बन्धमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले हामीले सोच्नुपर्ने बेला आएको बताएका छन्, तर उनले रूसमाथि कुनै पनि किसिमको दबाव अस्वीकार्य हुने चेतावनी दिएका छन्।

रुस-युक्रेन युद्ध दुई वर्षभन्दा लामो समयदेखि चलिरहेको छ। यस युद्धले हजारौंको ज्यान लिएको छ र लाखौं नागरिकहरू विस्थापित भएका छन्। पछिल्ला दिनहरूमा कूटनीतिक प्रयासहरू फेरि तीव्र बन्दै गएको बीबीसीले जनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0