पोखरा, २८ वैशाख। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले धार्मिक र सांस्कृतिक चेतनालाई अझ सशक्त बनाउँदै अगाडि बढेको छ। महायज्ञको अवसरमा आजदेखि वाचन प्रवीण पं. दिनबन्धु पोखरेलले प्रवचन सुरु गरेका छन्। पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूहसहित कथा वाचन प्रारम्भ गरेका हुन्, जुन जेठ ३ गतेसम्म चल्नेछ।

शनिवार वाल्मीकि श्रीरामकथा वाचक पं. पंराकुशजीको विदाईपछि आइतबारदेखि दिनबन्धुको प्रवचन आरम्भ गरिएको हो। महायज्ञको प्रारम्भदेखि नै धार्मिक सहिष्णुता, अध्यात्मिक उन्नति र सांस्कृतिक एकताको सन्देश फैलाउने उद्देश्य लिइएको आयोजक समितिले जनाएको छ।

भोलि बुद्ध पूर्णिमाको विशेष अवसरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको विशेष उपस्थिति रहने कार्यक्रम छ। यस दिन विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्। बौद्ध, किरात, हिन्दू लगायतका धर्मगुरुहरूको उपस्थिति र मन्तव्यले समारोहलाई अझ भव्य बनाउने अपेक्षा गरिएको छ।

महायज्ञमा डा. चिन्तामणि योगी प्रमुख अतिथि थिए भने, पत्रकार महासंघका पूर्व अध्यक्ष बिपुल पोखरेल, पूर्व महासचिव मुकुल ढकालसहित विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। राष्ट्रिय कलाकार पूर्णकला बिसी र भूमिका गिरीले सांगीतिक प्रस्तुति दिए।

कोटिहोममा नियमित रूपमा सञ्चालन हुने रक्तदान कार्यक्रममा आइतबारसम्म २०० भन्दा बढी भक्तजनले रक्तदान गरेका छन्। आयोजकका अनुसार महायज्ञले राष्ट्र, धर्म र मानवता प्रति सकारात्मक ऊर्जा फैलाउने कार्य गरिरहेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0