पोखरा, २९ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै नयाँ ढंगले मल कारखाना खोलिने बताएका छन्। आज प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मलको अभाव दीर्घकालीन रूपमा समाधान गर्न आफ्नै उत्पादनमा जाने सरकारको योजना स्पष्ट भएको बताए।

उनले परम्परागत विधिको साटो नवीन प्रविधि र प्रणालीमार्फत मल उत्पादन सुरु गर्ने सोच बनाइएको उल्लेख गर्दै वातावरणमैत्री र दीगो समाधान खोजिने जानकारी दिए। साथै उनले फोहरमैला व्यवस्थापनलाई समेत नयाँ सोचसहित अगाडि बढाइने बताए। प्रधानमन्त्री ओलीले मल आपूर्तिमा आत्मनिर्भर बन्नु पर्ने आवश्यकता औंल्याउँदै विदेशी आपूर्तिमा भर पर्नु दीर्घकालीन दृष्टिकोणले उपयुक्त नहुने तर्क गरे।

यसै अवसरमा उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी कमजोरीको चर्चा गर्दै नेपाललाई ‘ग्रे लिस्ट’मा पारिनु अघिल्लो सरकारको असफलता भएको उल्लेख गरे। उनले वर्तमान सरकारले उक्त कमजोरी सच्याउँदै अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0