पोखरा, २९ वैशाख। पत्रकारको सुरक्षा र हकहितका लागि प्रेस सेन्टर बागमती प्रदेशले बागमती प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ज्ञापनपत्र बुझाएको छ। प्रेस सेन्टर बागमती प्रदेश र मकवानपुर कार्यसमितिले संयुक्त रूपमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र प्रमुख जिल्ला अधिकारीलाई पत्रकारको सुरक्षा र स्वतन्त्रता सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र प्रस्तुत गरेको हो।

ज्ञापनपत्रमा पछिल्लो समय सञ्चारकर्मीमाथि भएका आक्रमणप्रति चिन्ता व्यक्त गर्दै प्रेस स्वतन्त्रता संरक्षणका लागि समयसापेक्ष कानुन निर्माणको माग गरिएको छ। १७ बुँदे ज्ञापनपत्रमा पत्रकारको हत्या छानविन, बेपत्ता पत्रकारको अवस्था सार्वजनिक गर्ने, न्यूनतम पारिश्रमिक कार्यान्वयन, र सामाजिक सुरक्षा कोषको व्यवस्था लगायतका माग राखिएको छ। प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले पत्रकारिता गर्नमा कुनै डर नहुने प्रतिबद्धता व्यक्त गरे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0