
पोखरा, २९ वैशाख। ताप्लेजुङस्थित कञ्चनजंघा हिमालमा यस सिजनमा १० जना आरोहीले सफल आरोहण गरेका छन्। ८,५८६ मिटर अग्लो कञ्चनजंघा हिमालमा सेभेन समिट ट्रेक्स एजेन्सीको व्यवस्थापनमा ५ नेपाली र ५ विदेशी आरोही सफल भएका हुन्। मे १० अर्थात् २७ वैशाख ०८२, दिउँसो २.१५ मिनेटमा यी १० आरोहीले शिखर चुमे। विदेशी आरोहीमध्ये कोसोवो, इरान र बेलायतका नागरिक रहेका छन्।
आरोहण गर्ने आरोहीहरूमा फ्लुतुरा इब्राहिमी, एड्रियन माइकल हेस, अलिरेजा बेहपुर, सइद अल्मेमारी, सेयदमिदरजा हासेमी, लाक्पातेम्बा शेर्पा, ङिमादोर्ची शेर्पा, फुरसोना शेर्पा, ग्यालु शेर्पा र छाङ्वा शेर्पा रहेका छन्। कञ्चनजंघामा आरोहणको क्रममा कुल ७० जना रहेका छन्, जसमा सेभेन समिट ट्रेक्सबाट ४० र अन्य ट्रेकिङ एजेन्सीबाट ३० जना सहभागी रहेका छन्।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1






























