पोखरा, ३० वैशाख। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादको संरक्षण गरेको आरोप लगाउँदै यसलाई समाप्त गर्नुपर्ने बताएका छन्। सोमबार बेलुकी भारतीय समयअनुसार राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले पाकिस्तानलाई चेतावनी दिएका छन् कि यदि उसले आतंकवादको संरचनालाई समाप्त नगरेको खण्डमा एक दिन पाकिस्तान नै समाप्त हुनेछ। उनले पाकिस्तानको फौज र सरकारले आतंकवादलाई संरक्षण दिइरहेको आरोप लगाउँदै यसलाई खारेज गर्न पाकिस्तानलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री मोदीले दाबी गरे कि भारतीय सेनाले हालै चलाएको अपरेशन सिन्दूरमार्फत एक सयभन्दा बढी आतंकवादीलाई मारेको छ र पाकिस्तानका आतंकवादी संरचनालाई ध्वस्त पारेको छ। भारतले पाकिस्तानमा रहेका आतंकवादी ठेगानामा सटिक प्रहार गर्दै आतंकको मुख्यालयलाई नष्ट गरेको बताएका मोदीले यसलाई भारतको निर्णायक जवाफका रूपमा प्रस्तुत गरेका छन्।

यसैबीच, युद्धविराम भएको दुई दिनपछि पाकिस्तानले तनाव कम गर्नका लागि संयुक्त राष्ट्र र विभिन्न मुलुकसँग सल्लाह गरेको थियो। तर मोदीले पाकिस्तानको आतंकवादी संरचनामा कुनै पनि लचीलापन देखाउने संकेत दिएको छैन र भनेका छन्, “हामी आतंकवादीको संरक्षक सरकारसँग सम्झौता गर्न सक्दैनौं।”

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0