पोखरा, ३० वैशाख। पोखराको फेवातालमा आएको हावाहुरीका कारण डुंगा पल्टिएपछि तीन जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ। सोमबार साँझ डुंगामा सवार दुई पुरुष र एक महिला गरी तीन जना इजरायली पर्यटक बोटिङ गरिरहेका बेला अचानक आएको हावाहुरीका कारण डुंगा फेवातालको बीच भागमै पल्टिएको हो।
सशस्त्र प्रहरी बलको टोलीले तिनै पर्यटकलाई तालबाट सुरक्षितरूपमा बाहिर निकाल्न सफल भएको छ। उद्धारपछि सशस्त्र प्रहरीले ती पर्यटकहरू सबैको अवस्था सामान्य रहेको जनाएको छ। उनीहरूलाई कुनै गम्भीर चोटपटक नलागेको पुष्टि गरिएको छ।
फेवातालमा दैनिक रूपमा सयौं पर्यटक बोटिङ गर्ने गर्छन्। यस्ता अप्रत्याशित प्राकृतिक घटनाबाट सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि उद्धार टोली सधैं सतर्क रहने गरेको सशस्त्र प्रहरीले जनाएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1































