पोखरा, ३० वैशाख। लेखक र वैज्ञानिक जीवन प्रसाईंको नयाँ पुस्तक ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’ लोकार्पण गरिएको छ। शनिबार नेपालय पब्लिकेशनको २० औं वार्षिकोत्सवका अवसरमा यो पुस्तकको लोकार्पण गरिएको हो। पुस्तकमा तनाव, भागदौड, अवसाद र एक्लोपन जस्ता भावनात्मक अवस्थालाई केन्द्रित गरेर लेखिएको छ, जसले पाठकलाई मन बुझ्न र बुझाउनमा सहयोग पुर्याउने आशा गरिएको छ।

लोकार्पण कार्यक्रममा बोल्दै लेखक प्रसाईंले आफ्नो पुस्तकलाई करुणा भाव राख्ने किसिमको भएको बताएका छन्। उनले भने, “एआईको युग छ, तर म इमोसनल इन्टेलिजेन्स (ईआई)को बाटोमा छु,” र आफ्नो पुस्तकमार्फत भावनाका कुरा समेटेको र मन बुझ्ने र बुझाउने साथी बन्ने आशा व्यक्त गरे।

यो पुस्तक लेखक प्रसाईंको पाँचौं पुस्तक हो। उनले अघि पनि ‘जीवन जिउने काइदा’, ‘सँधै तन्नेरी’, ‘वरिपरि नै सर्वोपरी’ र ‘धेरैको धपेडी’ जस्ता पुस्तकहरू लेखेका छन्, जुन निकै लोकप्रिय रहेका छन्।

२३१ पृष्ठको यो पुस्तकको मूल्य ५७५ रुपैयाँ रहेको छ र यो देशभरका पुस्तक पसल र अनलाइनमार्फत उपलब्ध छ। नेपालय पब्लिकेशनले यस पुस्तकलाई अमेजनमार्फत अन्तर्राष्ट्रिय स्तरमा पनि उपलब्ध गराएको छ। साथै, नेपालय पब्लिकेशनले शनिबार र आइतबार कालिकास्थानस्थित आफ्नै कार्यालयमा दुई दिने पुस्तक मेला पनि आयोजना गरेको थियो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0