पोखरा, ७ जेठ। पोखरा महानगरपालिका क्षेत्रभित्र विश्व बैंकको आर्थिक सहयोगमा निर्माण भइरहेको तालचोक–बेगनास सडक–खण्ड विस्तारमा देखिएको अवरोध समाधान भएपछि निर्माण कार्य पुनः तीव्र भएको छ। सडक निर्माणका क्रममा उत्पन्न भएका स्थानीय समस्या र गुनासोलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मंगलबार स्थलगत निरीक्षणसहित स्थानीयहरूसँग परामर्श गरेका थिए।

स्थानीयको गुनासोपछि नगरप्रमुख आचार्यले निर्माण कम्पनीलाई आवतजावतमा सहजता पुर्‍याउने र कार्यलाई छिटो टुंगोमा पुर्‍याउने निर्देशन दिएका छन्। ३.२८ किलोमिटर लम्बाइको यो सडक चार लेनको हुनेछ भने यसमा हरियाली क्षेत्र, फुटपाथ, साइकल ट्र्याक, पार्किङ स्पेस र डिभाइडरसहित आधुनिक संरचना समावेश गरिनेछ।

निर्माण कार्य अन्तर्गत पाँचवटा कल्भर्ट तथा पुलको निर्माण, १.५ मिटरको डिभाइडर, दुवै छेउमा २.५ मिटर पार्किङ स्पेस, १ मिटरको हरियाली क्षेत्र र नालीमाथि २ मिटर चौडाइको फुटपाथ रहने व्यवस्था गरिएको छ। साथै, सडकमा ४ सेमी मोटाइको अस्फाल्ट पिच गरिनेछ।

निर्माण कार्यमा देखिएको ढिलाइप्रति स्थानीयवासी असन्तुष्ट भए पनि अब समस्या समाधान भइसकेको र यथाशीघ्र काम सम्पन्न हुने अपेक्षा गरिएको छ। प्रमुख आचार्यले यस्तो पूर्वाधार विकासले पोखराको यातायात प्रणाली र शहरी सौन्दर्यमा ठूलो सुधार ल्याउने विश्वास व्यक्त गरे।

May be an image of 10 people and text

May be an image of 5 people

May be an image of text

May be an image of 14 people and text that says 'adidd'

May be an image of ‎4 people, people golfing and ‎text that says '‎BAMPRINSH मा ड्रा YA पाइका ੧5 बर्षदर समर्पित पंगेनी मोवा हाउस त ه घडी SAMSUN‎'‎‎

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0