२७ कात्तिक, धनगढी । दार्चुलामा प्रहरीले जुवातास खेलिरहेका आठ जनालाई दुई लाख रुपैयाँभन्दा बढी रकमसहित पक्राउ गरेको छ। आइतबार साँझ मालिकार्जुन गाउँपालिका–४ ऐरीछानामा २५ वर्षीय किसन सिंह धामीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट दुई लाख ३२ हजार ३७० रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरिएको छ। जुवा खेलिरहेको सूचनाका आधारमा खटिएको प्रहरीले तत्कालै उक्त स्थानमा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबैलाई प्रहरीको हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी कार्यालयले जनाएको छ।
पछिल्लो समय जुवातासमा संलग्नता बढ्दै गएको भन्दै प्रहरीले यस्ता गतिविधिहरूलाई रोक्न कडा निगरानी गरिरहेको जनाएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1





























