राजविराज, २१ मंसिर। सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ का नवनिर्वाचित वडाध्यक्ष घिरेन्द्रकुमार साहलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ। कान्तिपुरका अनुसार, मंसिर १६ मा सम्पन्न उपनिर्वाचनबाट जसपा नेपालको तर्फबाट वडाध्यक्ष निर्वाचित भएका साहलाई पदभार ग्रहण समारोहबाटै नियन्त्रणमा लिइएको हो।
साहमाथि दुईजनाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दा चलेको छ। अदालतको परमादेशपछि प्रहरीले उनलाई पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1





























