२८ मंसिर, पोखरा। गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले बिहीबार सयदिने कार्यप्रगति सार्वजनिक गरेकी छिन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कृषि, पशुपन्छी, सहकारी, र भूमि व्यवस्थापनका नीतिगत, कानुनी, कार्यक्रमगत, तथा संस्थागत उपलब्धिहरू सार्वजनिक गरेकी हुन्।
मन्त्री श्रेष्ठले प्रदेशमा विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनलाई आफ्नो प्राथमिकता रहेको बताउँदै कृषकहरूलाई सहयोग पुर्याउनेतर्फ प्रतिबद्धता जनाइन्। उनले भनिन्, “बजेट कार्यान्वयनको चरणमा छौं। कृषकलाई आवश्यक कतिपय शीर्षकहरू बजेटमा नसमेटिँदा चुनौती भएको छ, तर आगामी बजेटमा यसलाई समेट्न तयारी भइरहेको छ।”
मन्त्रालयअन्तर्गत प्रदेशका कार्यालयहरूको अनुगमन भइरहेको जानकारी दिँदै मन्त्री श्रेष्ठले सेवाग्राहीलाई छिटो र सहज सेवा दिन निर्देशन दिएको बताइन्। उनले विभिन्न जिल्लाका कृषकहरूसँग छलफल गरेर कृषि क्षेत्रमा देखिएका समस्याहरूको समाधानका लागि पहल गरिरहेको उल्लेख गरिन्।
यस प्रगतिसँगै गण्डकी प्रदेशको कृषि क्षेत्रलाई थप सशक्त र प्रभावकारी बनाउनेतर्फ मन्त्रालय क्रियाशील रहेको जनाइएको छ।
मन्त्री पद्मा जिसी श्रेष्ठको सयदिने कार्यप्रगतिको पुरा विवरण हेर्न यहाँ क्लिक गर्नुहो्स् ।





























