काठमाडौं, १ पुस — कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अन्तिम लिग खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अनलाइनखबरका अनुसार, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्यो। टोलीका लागि ओमानी खेलाडी जिासन मकसुदले ३० रनको योगदान दिए। यद्यपि, अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

सुदूरपश्चिमका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै कर्णालीलाई थोरै रनमै रोक्न सफल भए। हर्मित सिंहले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए भने कप्तान दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिएका छन्। उनले २ रनआउट पनि गरे। स्कट कुगेलेइनले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए भने सैफ अली जैबले ४ ओभरमा १४ रन खर्चेर १ विकेट हात पारे।

अनलाइनखबरका अनुसार, अब सुदूरपश्चिमले १३ ओभरभित्र लक्ष्य पूरा गर्न सकेमा कर्णाली शीर्ष चारको दौडबाट बाहिरिनेछ। यदि सुदूरपश्चिम असफल भए कर्णाली शीर्ष चारमा पुग्नेछ र काठमाडौ गुर्खाज प्रतियोगिताबाट बाहिरिनेछ।

यसबाहेक, कर्णालीले यदि सुदूरपश्चिमलाई १२ रन वा बढी अन्तरले पराजित गर्न सके, जनकपुरलाई पछि पार्दै शीर्ष दुई स्थान हासिल गर्नेछ। खेलको परिणामले लिगको अन्तिम चरणका समीकरणलाई अझ रोमाञ्चक बनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0