पोखरा, २ पुस। गत २२ कात्तिकमा प्रदर्शन हुने भनिएको नेपाली चलचित्र ‘फिरफिरे फिरिरी’ अब आगामी ४ माघमा रिलिज हुने भएको छ। त्यसबेला हल अभावका कारण प्रदर्शन स्थगित गरिएको चलचित्रको निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ मिति घोषणा गरेको हो।

हरर कमेडी जनरामा निर्माण गरिएको यो चलचित्र बिन्दबासिनी क्रियसनको ब्यानरमा तयार भएको हो। निर्माता मनोजकुमार अधिकारीले यसअघि ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ जस्ता चलचित्र निर्माण गरेका थिए। चलचित्रका सहनिर्मातामा नितिश पुन छन्।

‘फिरफिरे फिरिरी’ मा मनोजकुमार अधिकारीसँगै सन्दिप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, पुष्प अवस्थी र सूर्यमान लिम्बुको अभिनय रहेको छ। यसै चलचित्रबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले अभिनेता र अभिनेत्रीको रूपमा डेब्यु गर्दैछन्। चलचित्रको कथा सन्दीप श्रेष्ठ र नविन भट्टले लेखेका हुन् भने निर्देशन नविन भट्टले गरेका छन्।

चलचित्रमा जितु तामाङको छायांकन, केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको पश्र्व संगीत, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन, र अनन्त घिमिरेको सम्पादन रहेको छ। देशव्यापी वितरणको जिम्मा आरआर फिल्म्सले लिनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0