कैलाली । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको बताएका छन्। नेपाल प्रेस युनियन कैलालीद्वारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान संशोधन, आर्थिक सुधार, सुशासन र विकासका लक्ष्यसहित यो सरकार गठन गरिएको उल्लेख गरे।

डा. कोइरालाले सरकारलाई कुनै पनि हालतमा आफ्नो म्यान्डेट पूरा गर्नुपर्ने जिम्मेवारी रहेको बताए। उनले दुई ठूला दल काँग्रेस र एमाले मिलेर बनेको सरकारले विफलता भोग्न नहुनेमा जोड दिंदै अराजकता रोक्नका लागि सरकारको सफलता आवश्यक रहेको धारणा राखे।

उनले संविधान संशोधनका लागि काँग्रेस र एमाले मात्र नभई सबै दलबीच बृहत् सहमति आवश्यक रहेको बताउँदै सबै पक्ष मिलेर निष्कर्षमा पुग्नुपर्ने आवश्यकता औंल्याए। गेटा मेडिकल कलेजका भौतिक संरचनालाई सदुपयोग गर्दै तत्काल स्थापना प्रक्रिया अघि बढाउनुपर्ने र यसमा आफूहरू प्रयासरत रहेको उनले जनाए।

डा. कोइरालाले नेपाली काँग्रेसको १५औँ महाधिवेशन आगामी एक वर्षभित्र सम्पन्न गर्नुपर्ने दायित्व रहेको भन्दै सबै सदस्यलाई जिम्मेवारीपूर्वक जुट्न आह्वान गरे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0