काठमाडौं, २ माघ। जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।
लामिछाने यसअघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर छुटेका थिए। पछिल्लोपटक काठमाडौं जिल्ला अदालतमा सुनुवाइपछि उनलाई धरौटीमा रिहा गरिएको हो।
सहकारी ठगी मुद्दामा लामिछानेको संलग्नता सार्वजनिक भएसँगै अदालतले कानुनी प्रक्रिया अघि बढाएको थियो। तर, उनले सबै कानुनी दायित्व पूरा गर्दै धरौटीमा छुट्ने निर्णय गराएका छन्।





Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1





























