काठमाडौं, १४ माघ । सत्तारुढ दलहरूको बैठक आज साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बस्ने भएको छ। बैठकमा माघ १८ गते सुरु हुने हिउँदे अधिवेशन, संसदमा पेस गरिने विधेयक र सरकारका कामकारबाहीका विविध विषयमा छलफल हुनेछ।
प्रधानमन्त्री ओलीले बोलाएको यो बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), र जनमत पार्टीका नेताहरू सहभागी हुनेछन्।
सरकारका प्राथमिकता, संसदमा दर्ता भएका विधेयकहरूको टुंगो लगाउने तथा भावी रणनीतिमा सत्तारुढ दलहरूको सहकार्यलाई बलियो बनाउन बैठक केन्द्रित हुने बताइएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























