पोखरा, २४ माघ । पोखराको दिगो सहरी यातायात व्यवस्थापनका लागि इमोविलिटी परियोजना सञ्चालन सम्बन्धमा एसियाली विकास बैंक (एडिबी) का वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण रामामुर्ति नेतृत्वको प्रतिनिधिमण्डलले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल गरेको छ।

May be an image of 4 people and text

छलफलमा पोखराको सार्वजनिक यातायात सुधार, विद्युतीय सवारी साधनको प्रयोग प्रवर्द्धन, चार्जिङ स्टेसन निर्माण, डिजिटल सूचना प्रणालीको विकास तथा व्यवस्थित बस स्टप पूर्वाधार निर्माणलगायत विषयमा कुराकानी भएको छ। पोखरालाई नेपालको पर्यटन राजधानीका रूपमा विकास गर्न विभिन्न विकास साझेदारहरूले प्राथमिकताका साथ लगानी गर्न चाहेको मेयर आचार्यले बताए।

May be an image of 8 people and table

यसअघि मेयर आचार्यले आफ्नो मनिला भ्रमणका क्रममा एडिबी मुख्यालयमा पुगेर इमोविलिटी परियोजना सञ्चालनका लागि छलफल गरेका थिए। एडिबी र ग्रिन क्लाइमेट फण्डको साझेदारीमा करिब १०० मिलियन अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियतपूर्ण ऋण सहायतामा परियोजना सञ्चालन गर्न सम्भाव्यता अध्ययन कार्य छिटो अघि बढाउने सहमति भएको छ। परियोजनाको पहिलो चरणमा करिब ४० मिलियन अमेरिकी डलर खर्च हुनेछ।

May be an image of 6 people, people studying, television and table

नगर प्रमुख आचार्यका अनुसार परियोजना सञ्चालनका लागि आवश्यक समन्वय तथा व्यवस्थापनको जिम्मा पोखरा महानगरपालिकाले लिनेछ। यस परियोजनाले पोखराको सार्वजनिक यातायातलाई व्यवस्थित गर्नुका साथै वातावरण संरक्षणमा पनि उल्लेखनीय योगदान दिने विश्वास लिइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0