पोखरा, १ फागुन । बालकलाकारदेखि अभिनय क्षेत्रमा आफूलाई स्थापित गरेका अभिनेता सलोन बस्नेत अब चलचित्र निर्माता बनेका छन्। उनले आफ्नो पहिलो निर्मित चलचित्र ‘रङ्गी’को जानकारी आज एक पत्रकार सम्मेलनमार्फत दिएका छन्। बस्नेतले आफूलाई चलचित्र निर्माण गर्न प्रेरित गरेको कारणका बारेमा सामाजिक सञ्जालमा भेटेको एउटा भिडियोलाई श्रेय दिएका छन्।

चलचित्र ‘रङ्गी’मा बुबाको संघर्ष र त्यागलाई उजागर गरिएको छ। बस्नेतका अनुसार, यो चलचित्रमा बुबाको अव्यक्त प्रेमलाई देखाइएको छ, जुन चलचित्रमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ। निर्माता बस्नेतका अनुसार, चलचित्र निर्माणको यो यात्रा उनलाई निकै खास भएको छ।

“मैले बालकलाकारका रूपमा अभिनय शुरू गरेँ, अनि चलचित्रकै माध्यमले पहिचान पाएँ। म आफूलाई मन परेका कथामा चलचित्र बनाउने सपना बोक्थें र आज त्यो सपना पूरा भएको छ,” उनले भने।

चलचित्र ‘रङ्गी’मा मिस नेपाल नम्रता श्रेष्ठले अभिनयमा डेब्यू गरेकी छन्। उनले अभिनेत्री बन्ने आफ्नो बचपनको सपना पूरा भएको कुरा व्यक्त गरे। चलचित्रमा विशाल पहाडी, उत्तम केसी, बालकलाकार आयुषी ढकाल र सुमिन गुरुङ पनि अभिनय गरेका छन्।

चलचित्रको निर्देशन सुरेश न्यौपानेले गरेका हुन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0