पोखरा, ४ फागुन। नेपाल आयल निगमले पेट्रोलको मूल्य १ रुपैयाँ बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्यमा ४ रुपैयाँको घटावट गरेको छ। इण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीको आधारमा निगमले यो निर्णय गरेको हो।

नयाँ मूल्य अनुसार, अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य १ सय ५६ रुपैयाँ हुनेछ। निगमको शनिबार बसेको सञ्चालक समितिको निर्णयअनुसार यो नयाँ मूल्य शनिबार राति १२ बजेबाट लागू हुनेछ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको नेपाल आयल निगमले जनाएको छ।

No description available.

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0