पोखरा, १३ फागुन। न्युरोड टिम (एनआरटी) लाई पराजित गर्दै आयोजक टोली केपी ओली एफसी ‘केपी ओली कप’ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आज सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा भएको खेलमा केपी ओली एफसीले एनआरटीलाई १–० गोल अन्तरले हराएको हो। केपी ओली एफसीका सुरज ज्यु ठकुरीले निर्णायक गोल गरेका थिए।

अब सेमिफाइनलमा केपी ओली एफसीले मच्छिन्द्र एफसी वा भुटानी क्लब एफसी ट्रान्सपोर्ट युनाइटेडमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै, आजको अर्को खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब पनि अन्तिम चारमा पुगेको छ।

प्रतियोगितामा कुल ९ टोली सहभागी छन्, जसमा ६ ‘ए’ डिभिजन क्लब, २ विदेशी टोली र आयोजक टोली केपी ओली एफसी छन्। प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछ। फाइनल खेल यही फागुन १९ गते हुनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0