पोखरा, १५ फागुन। महाशिवरात्रिको अवसरमा तीन नेपाली चलचित्र ‘फेरि रेशम फिलिली’, ‘मायावी’‘लाज शरणम्’ प्रदर्शनमा आएका छन्। विभिन्न समयमा रिलिज मिति तय गरिएका यी चलचित्र अन्ततः एकै दिन दर्शकमाझ आएका हुन्।

‘फेरि रेशम फिलिली’ दशकअघि चर्चित बनेको ‘रेशम फिलिली’ को सिक्वेल हो। अमेरिकाको डाइभर्सिटी भिसा (डिभी) प्रक्रियाले निम्त्याएको हास्यजनक परिस्थितिमा आधारित यो चलचित्र मंगलबार ललितपुरस्थित क्युएफएक्स लविम मलमा प्रिमियर गरिएको थियो, जहाँ सकारात्मक प्रतिक्रिया प्राप्त भयो। यो चलचित्र मुलुकभर १५० भन्दा बढी पर्दामा प्रदर्शन भइरहेको छ।

‘मायावी’ लाई निर्देशक दिवाकर भट्टराई ले निर्देशन गरेका छन्। पोखराको परिवेशमा आधारित यस चलचित्रमा त्रिकोणात्मक प्रेमकथा र मित्रताको सम्बन्ध प्रस्तुत गरिएको छ। चलचित्रलाई काठमाडौँमा प्रिमियर गरिए पनि मिश्रित प्रतिक्रिया प्राप्त भएको छ। यसमा पल शाह, दीपिका प्रसाईँ, प्रशान्त ताम्राकार, करिष्मा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।

‘लाज शरणम्’ कानुनी विवादका कारण चर्चामा आएको चलचित्र हो। केन्द्रीय चलचित्र जाँच पास समितिबाट स्वीकृति पाएपछि प्रदर्शनको बाटो खुले पनि उच्च अदालत पाटनले प्रचार-प्रसारमा रोक लगाएको थियो। चलचित्र बैदेशिक रोजगारीका क्रममा हुने सुन तस्करी को कथामा आधारित छ। निर्माण पक्षले मुलुकभर १२० भन्दा बढी पर्दामा चलचित्र प्रदर्शन गरिरहेको जनाएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0