पोखरा, २२ फागुन। माछापुच्छ्रे बैंकको कोष प्रवद्र्धनमा सञ्चालन हुने एमबीएल इक्वीटी फन्डमा आवेदन प्रक्रिया खुला गरिएको छ। यस फन्डको कुल १२ करोड इकाई निष्कासन हुनेछ, जसमा कोष प्रवद्र्धक बैंक र योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटललाई छुट्याएपछि बाँकी १० करोड २० लाख इकाई सार्वजनिक रुपमा निष्कासन गरिएको छ।
यो म्युचुअल फन्डको अंकित मूल्य १० रुपैयाँ तय गरिएको छ र न्यूनतम १ सय इकाइको लागि आवेदन दिन सकिनेछ। यो योजना बन्दमुखी हुनेछ र बजारमा सूचीकृत भइ कारोबार गरिनेछ। आवेदन प्रक्रिया अनलाइन प्रणाली “मेरोसेयर” मार्फत सञ्चालन हुनेछ।
सार्वजनिक आवेदको लागि फागुन २६ देखि आवेदन खुल्ला हुनेछ। यदि सो अवधिमा सबै इकाइ बिक्री नभएमा चैत ७ सम्म आवेदन दिन सकिनेछ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1






























