पोखरा, २८ फागुन। युक्रेनमा तीन वर्षदेखि जारी युद्धको अन्त्यको लागि साउदी अरबमा मंगलबार युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलबीच वार्ता शुरू भएको छ। अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी अधिकारीहरूले वार्ता शुरू गरेका छन्, जुन अहिले सकारात्मक दिशामा अघि बढिरहेको बताइएको छ।

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले युक्रेनको वर्तमान मनस्थिति र युद्ध समाप्तिका लागि त्यसको तयारीबारे जानकारी लिन यो वार्ता आयोजना गरिएको बताए। उनले भने, ‘यस वार्ताले युक्रेनको युद्ध समाप्ति र सम्झौतासम्म पुग्ने सम्भावनाबारे जानकारी प्राप्त गर्ने उद्देश्य राखेको छ।’

रुबियोले यस वार्ताको नतिजा अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग र खुफिया जानकारीमा प्रतिबन्ध राख्ने वा हटाउने निर्णयमा निर्णायक हुने बताएका छन्। यस वार्ताले अमेरिकाको भविष्यको नीति र युक्रेनसँगको सम्बन्धलाई प्रभाव पार्न सक्नेछ।

यस वार्ताको उद्देश्य शान्ति कायम गर्नु भए पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की यसमा उपस्थित हुने छैनन्। अमेरिका र युक्रेनबीचको सम्बन्ध सुधार्ने प्रयास भइरहेको समयमा, रुसले युक्रेनमाथिको आक्रमण बढाउँदै लगेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0