पोखरा, १२ चैत्र। पछिल्लो साता युट्युबको नेपाल ट्रेन्डिङको संगीत खण्डमा विभिन्न शैली र जनराका गीतहरूको उपस्थिति देखिएको छ। समिक्षा अधिकारीको गीत ‘पान बुट्टे रुमाल’ ट्रेन्डिङको शीर्ष स्थानमा छ। राजनराज सिवाकोटीको शब्द र संगीतमा तयार भएको यो गीतले समीक्षाको आवाजमा नयाँ स्वाद थपेको छ। यस गीतको भिडियोमा समीक्षा र अनुभव रेग्मीको अभिनय देख्न सकिन्छ। समाचार तयार पार्दासम्म यो गीतलाई ८ लाखभन्दा बढीपटक हेरिएको छ।

यसैगरी, चैत २२ गते रिलिज हुने फिल्म ‘वसन्त’को गीत ‘बिना स्वादैको’ ट्रेन्डिङको दोस्रो स्थानमा छ। ३ साता अघि रिलिज भएको देवेन्द्र बब्लुको स्वर रहेको यो गीतलाई १२ लाखभन्दा धेरैपटक हेरिएको छ। गायक तथा निर्देशक प्रकाश सपुत र बब्लुको शब्द र संगीतले यस गीतलाई लोकप्रिय बनाएको छ।

उर्गेन दोङ्ग र हुक्केको संयुक्त गीत ‘लोभी नजर’ तेस्रो स्थानमा छ। एक महिनाअघि रिलिज भएको यो गीतमा उर्गेन दोङ्गको शब्द र संगीत रहेको छ, र दीपिका बयाम्बुले स्वरमा साथ दिएकी छन्। ३० लाखभन्दा बढीपटक हेरिएको यस गीतको म्युजिक भिडियो सामाजिक मञ्चमा समेत चर्चित बनेको छ।

चौंथो स्थानमा भारतीय र्‍यापर हनुमान काइन्डको गीत ‘रन इट अप’ रहेको छ भने पाँचौं स्थानमा गायक सुनिल गिरीको ‘ए कान्छी’ गीत ट्रेन्डिङमा छ। यस गीतलाई ७ लाखभन्दा बढीपटक हेरिएको छ।

साथै, मिस्टर डीको नयाँ गीत ‘आगो लाग्यो’ छैटौं स्थानमा छ भने जेम्सीको ‘रौसि लाग्यो’ सातौं स्थानमा छ।

नेपाल र विदेशमा नेपाली संगीतको लोकप्रियता बढ्दै गएको छ, जसले नेपाली कलाकारहरूको मेहनत र सिर्जनात्मकता प्रकट गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0