पोखरा, १४ चैत्र। नेपाल एएफसी वुमन्स एसिया कप २०२६ को छनोट अन्तर्गत समूह ‘एफ’ मा परेको छ। बिहीबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न ‘ड्र’अनुसार नेपालले उज्वेकिस्तान, लाओस र श्रीलंकासँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।

समूह ‘एफ’ का खेलहरू उज्वेकिस्तानमा आयोजना हुनेछ। कुल ३४ टोली सहभागी छनोट प्रतियोगितालाई आठ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको विजेता टोलीले आगामी वर्ष अस्ट्रेलियामा हुने मुख्य प्रतियोगितामा स्थान बनाउनेछन्।

नेपाल महिला फुटबल टोली यसअघि सन् १९८६, १९८९ र १९९९ मा तीनपटक एसिया कपमा प्रतिस्पर्धा गरिसकेको छ। तर, यी तिनै संस्करणमा नेपाल पहिलो चरण पार गर्न असफल भएको थियो। यसपटक उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक उपलब्धि हासिल गर्ने नेपाली टोलीको लक्ष्य रहेको छ।

AFC-Women-1743064337.png

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0