काठमाडौं, १५ चैत्र। राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको आन्दोलनमा एक जनाको मृत्यु भएको छ। गृह मन्त्रालयले शुक्रबार बेलुकी पत्रकार सम्मेलन गर्दै तीनकुनेमा भएको राजावादीको आन्दोलनमा सहभागी २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जनाएको हो।

गृह मन्त्रालयका अनुसार, सविन महर्जन काठमाडौंको कीर्तिपुरका निवासी थिए। तीनकुनेमा राजावादी समर्थकहरूको प्रदर्शनमा “कमान्डर” दुर्गा प्रसाईंको नेतृत्वमा प्रदर्शनकारीहरू निषेधाज्ञा तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढेका थिए। त्यसक्रममा प्रहरीले बल प्रयोग गरेको थियो।

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर गर्न दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको थियो। प्रदर्शनकारीहरूले त्यसको प्रतिकार गर्दै प्रहरीमाथि ढुंगामुढा गरेका थिए। साथै, उनीहरूले निजी घरहरू, सञ्चारगृह र दलको कार्यालयमा आगजनीसमेत गरेका थिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0