पोखरा, २३ चैत्र। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना नेताहरूको रिहाइ, तिनकुने घटनाको न्यायिक छानबिन र अन्य माग राखेर चरणवद्ध आन्दोलन गरिरहेको छ। आज राप्रपाले सडक प्रदर्शन गर्दै मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझाएको छ।

प्रदर्शनको नेतृत्व राप्रपाका पदाधिकारी पशुपति शमशेर जबरा र प्रकाश चन्द्र लोहनीले गरेका थिए। राजधानी उपत्यकाका तीन जिल्लामा प्रदर्शन निकालिएको थियो। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङदेन झापामा रहेकोले जबरा र लोहनीले प्रदर्शनको नेतृत्व गरेका हुन्।

गत १५ चैतको तिनकुने प्रदर्शनमा सामेल भएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। त्यसैगरी, प्रदर्शनको नेतृत्व गर्ने नवराज सुवेदी घरमै नजरबन्द छन् भने फिल्ड कमाण्डर दुर्गा प्रसाईं फरार छन्।

राप्रपाले तीनकुने घटनाको छानबिन गर्न र पक्राउ परेका नेताहरूको रिहाइको माग राखेर चरणबद्ध आन्दोलन गरिरहेको छ। २४ घण्टापछि राप्रपाले देशभर मसाल जुलुस निकालेको थियो। माइतीघर मण्डलमा प्रदर्शन गरेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0