पोखरा, १० वैशाख। पोखरा थण्डर्सले नेपाल सुपर लिग (एनएसएल) २०२५ को फाइनलमा स्थान बनाउन सफल भएको छ। बुधबार दशरथ रंगशालामा सम्पन्न ‘क्वालिफायर टु’ मा साविक उपविजेता धनगढी एफसीलाई १–० गोलले पराजित गर्दै पोखराले ऐतिहासिक रूपमा पहिलो पटक फाइनल यात्रा तय गरेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि, निर्णायक क्षण इन्जुरी टाइममा आयो। पोखराका स्टेफेन समिर विनोङले इन्जुरी टाइममा गरेको एक मात्र गोल नै पोखराको जित र फाइनल यात्रा सुनिश्चित गर्न पर्याप्त बन्यो।

एनएसएलको प्रारम्भदेखि नै आक्रामक प्रदर्शन गर्दै आएको पोखराको टोलीले फाइनलमा अब साविक विजेता ललितपुर सिटी एफसीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। आगामी शनिबार हुने यो खेलले एनएसएलको दोस्रो संस्करणको विजेता निर्धारण गर्नेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0