पोखरा, ७ जेठ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर र युरोपियन युरोको भाउ केही बढेको देखिएको छ। आज डलरको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम गरिएको छ। मंगलबारको तुलनामा खरिददर र बिक्रीदरमा क्रमशः ३७ पैसा र ३७ पैसा वृद्धि भएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा रहेको छ। मंगलबारको तुलनामा युरोको मूल्यमा पनि थोरै वृद्धिको संकेत देखिएको छ।

अन्य प्रमुख मुद्राहरूको दर पनि राष्ट्र बैंकले उल्लेख गरेको छ। युके पाउण्ड स्ट्रलिङको खरिददर १८२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८३ रुपैयाँ ६१ पैसा कायम छ। स्वीस फ्रयाङ्कको खरिददर १६४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७७ पैसा रहेको छ।

अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलरको ९८ रुपैयाँ ०५ पैसा र ९८ रुपैयाँ ४८ पैसा, तथा सिङ्गापुर डलरको १०५ रुपैयाँ ५० पैसा र १०५ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को दर नौ रुपैयाँ ४६ पैसा र नौ रुपैयाँ ५० पैसा रहेको छ भने चिनियाँ युआनको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०२ पैसा छ।

साउदी रियाल, कतारी रियाल, युएई दिराम, थाई भाट, मलेसियन रिङ्गेट, दक्षिण कोरियन वन, स्वीडिस र डेनिस क्रोनर, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियाललगायतका मुद्राको विनिमय दर पनि तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। राष्ट्र बैंकका अनुसार आवश्यकता अनुसार विनिमय दर परिवर्तन हुन सक्नेछ भने वाणिज्य बैंकले निर्धारण गर्ने दर फरक हुन सक्ने जनाइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0