पोखरा, २४ माघ । पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध देशभर एचपीभी खोप अभियान सञ्चालन भइरहेको छ। यही मङ्गलवारदेखि सुरु भएको अभियान अन्तर्गत पोखरा महानगरपालिका क्षेत्रका विद्यालय तथा स्वास्थ्य संस्थाहरूमा खोप लगाउने कार्य जारी छ।

बुधवार पोखरा वडा नं. १२ स्थित शीतलादेवी माध्यमिक विद्यालयमा नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा खोप अभियान शुभारम्भ गरियो। वडा कार्यालय १२ को समन्वयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले औपचारिक रूपमा खोप अभियान सुरु गरेका थिए। पोखरामा मात्र करिब २३ हजार ७४८ बालिकाहरूलाई खोप प्रदान गर्ने लक्ष्य लिइएको छ।

May be an image of 5 people, dais and text

फागुन ६ गतेसम्म पोखराका २७५ विद्यालय र ४७ स्वास्थ्य संस्थामा ३४४ स्वास्थ्यकर्मी तथा ६८८ स्वयंसेवक परिचालित छन्। कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरू र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाइँदै छ।

May be an image of ‎6 people, dais and ‎text that says '‎पाठेघरको एच.पी.भी.खोप क्यान्सर अमियान-श0८१ δα शीतलादेवी सामुदारीक मा.वि. ना स्वास्थव वथा जवसंरु मुसको रोग विसुदको एनी كما एनाप्री.शरी.खोध खोण ራዮ भ का २०८৭/৭०2३ युहवार पो.म.नप मायोजक‎'‎‎

नेपालमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि १० देखि १४ वर्षका किशोरीहरूलाई खोप उपलब्ध गराउने, ३० वर्ष माथिका महिलाहरूको स्क्रिनिङ गर्ने तथा क्यान्सर रोग पहिचान भएकाहरूको उपचार सुनिश्चित गर्ने सरकारी प्रयास जारी छ।

May be an image of 9 people and text

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0