पोखरा, ७ फागुन। पाटन उच्च अदालतले फिल्म ‘लाज शरणम’को प्रचारप्रसार रोक्ने आदेश दिएको छ। मंगलबार न्यायाधीशद्वय लालबहादुर कुँवर र हेमन्त रावलको संयुक्त इजलासले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा फिल्मको प्रचार नगर्नु र नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो।

पूर्वमन्त्री मोहम्मद अफताव आलमले आफ्नो अनुहारसँग मिल्ने गरी पात्रलाई प्रस्तुत गरिएको भन्दै रिट दायर गरेका थिए। चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर दायर गरिएको उक्त रिटमा अदालतले आलमको हकअधिकारमा आघात पुऱ्याउने अवस्था देखिएकाले प्रचार रोक्न आदेश दिएको हो।

जेपीटी क्रिएसनले निर्माण गरेको ‘लाज शरणम’ फागुन १४ गते प्रदर्शन गर्ने तयारीमा छ। अदालतको आदेशपछि यसको प्रचारप्रसार प्रभावित हुने देखिएको छ। निर्माताले बुधबार ट्रेलर सार्वजनिक गर्ने योजना बनाएका थिए।

No description available.

No description available.

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0