पोखरा, ७ जेठ। राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा पोखरामा सम्पन्न प्रदेश स्तरीय परामर्श गोष्ठीमा गण्डकी र लुम्बिनी प्रदेशका सरोकारवालाहरूले विपद् पूर्वसूचना प्रणालीलाई सबैका लागि पहुँचयोग्य बनाउन जोड दिएका छन्। “Early Warning 4ALL” विषयमा आधारित गोष्ठी हिजो नेपालको पर्यटकीय राजधानी पोखरामा सम्पन्न भएको हो।

गोष्ठीमा प्रमुख अतिथिका रूपमा उपस्थित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्को जोखिम न्यूनीकरणका लागि प्रविधिको सहज पहुँच अत्यन्त जरुरी रहेको बताए। उनले गण्डकी प्रदेश पर्यटकीय गन्तव्य मात्र नभई उच्च जोखिमयुक्त क्षेत्र पनि भएकाले पूर्वसूचना प्रणालीमा स्थानीय बासिन्दासँगै पर्यटकलाई लक्षित गर्नुपर्नेमा जोड दिए।

जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री पाण्डेले जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरी पूर्वसूचना दिने प्रणाली सुदृढ गर्नुको साथै विपद्–पछिको कार्यदायित्वमा समेत संवेदनशील बन्नुपर्ने आवश्यकता औँल्याए। उनले पूर्वतयारी, समन्वय र जानकारी प्रवाह प्रभावकारी बनाउन सबै तहका निकायबीच सहकार्य अपरिहार्य रहेको धारणा राखे।

गोष्ठीमा सहभागी प्रतिनिधिहरूले विपद् व्यवस्थापनमा पूर्वसूचनाको भूमिका अपरिहार्य रहेको भन्दै प्रविधिलाई जनमैत्री बनाउँदै स्थानीय तहसम्म सजिलै पहुँच हुने व्यवस्था मिलाउनुपर्ने सुझाव दिएका थिए।

May be an image of 10 people and table

May be an image of 12 people, table, dais and text

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0