पोखरा, ४ चैत्र। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कर्णाली प्रदेशलाई पाँच विकेटको जित निकालेको छ। आइतबार सिद्धार्थ क्रिकेट रंगशालामा सम्पन्न खेलमा एपीएफले कर्णालीले प्रस्तुत गरेको १९० रनको लक्ष्य ३९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो।

एपीएफको जितमा दीपक बोहराले ७० रनको अर्धशतकीय इनिङ खेले। उनले ६८ बलमा आठ चौका र चार छक्का प्रहार गरे। सुमित महर्जनले ३४ रन जोडे। आसिफ शेखले २५ रन बनाउँदा लोकेश बम र कप्तान रोहित पौडेलले समान २२ रन बनाए।

कर्णालीका दीपेन्द्र रावत र दिवान पुनले समान दुई विकेट लिए भने प्रकाश जोशीले एक विकेट लिए।

कर्णालीले टस जितेर ब्याटिङ गर्दा ४७ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनाएको थियो। कर्णालीका सुनिल धमलाले सर्वाधिक ४७ रन बनाए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0